Skip to content

इनड्राइभको प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन: सुनुवारले जिते टाटा एक्सेप्रेस टी ईभी र थापालाई टिभीएस बाइक

nabil bank

काठमाडौं । इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण गर्यो विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आफ्नो प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ ।

जुन २३ देखि जुलाई १३ सम्म चलेको यो अभियानमा ड्राइभर पार्टनर्सबाट उत्साहजनक प्रतिक्रिया र सहभागिता रहेको थियो । क्याम्पेन साप्ताहिक च्यालेन्ज, रोमाञ्चक पुरस्कारहरू, र दुई मेगा ग्रान्ड पुरस्कारहरूमार्फत इनड्राइभका सबैभन्दा प्रतिबद्ध ड्राइभर पार्टनर्सलाई पहिचान गर्न र पुरस्कृत गर्न डिजाइन गरिएको थियो ।

यस अभियानअन्तर्गत क्याब ड्राइभर शुभराज सुनुवारले टाटा एक्सेप्रेस टी ईभी जित्न सफल भएका छन् भने बाइक राइडर जित थापाले टिभीएस रेइडार जितेका छन् । दुबै विजेताहरूलाई तीनवटै च्यालेन्ज विक्समा निरन्तर प्लेटिनम स्थिति कायम राख्ने, र भव्य पुरस्कारहरूको लागि योग्य हुन सबै योग्यता मापदण्डहरू पूरा गर्ने चालकहरूको समूहबाट छनोट गरिएको थियो ।

यो घोषणा जुलाई २० मा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानल मार्फत लक्की ड्र मार्फत प्रत्यक्ष प्रसारणमा गरिएको थियो । क्याम्पेनले थप ड्राइभर पार्टनर्सलाई साप्ताहिक पुरस्कारहरू १५ जनालाई वानप्लस नर्ड सी४ई, ३० जनालई अल्टिम एटम १९२ इयरबड्स र ३० जनालाई अल्टिमा नोभा प्रो स्मार्टवाच समेत प्रदान गरिएको थियो ।

इनड्राइभका साउथ एशियाका ड्राइभर अपरेसन्सका रिजनल टिम लिडर डिमित्री ओख्लोप्कोभले ड्राइभर पार्टनर्सहरू नेपालमा इनड्राइभको सफलताको आधार भएको बताउँदै यो अभियान उनीहरूको प्रतिबद्धता, व्यावसायिकता र उनीहरूले हरेक दिन खेल्ने महत्त्वपूर्ण भूमिकालाई प्रोत्साहन गर्ने कदम भएको बताए ।

इनड्राइभ नेपालकी ड्राइभर रिटेन्सन स्पेसलिस्ट सुनिता जीमी राईले विजेताहरूलाई बधाई दिँदै चालकहरूलाई स्वतन्त्रता, निष्पक्षता र समर्थनका साथ सशक्त बनाउन प्रतिबद्ध रहेको जानकारी दिइन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime