Skip to content

कालिका रिफाइनरीले गर्‍यो साढे ३ अर्बको व्यापार, २ अर्ब ऋणको रेटिङ

nabil bank

काठमाडौं । कालिका रिफाइनरी प्रालिले गत आर्थिक वर्षको १० महिनामा करिब साढे ३ अर्ब रुपैयाँको कारोबार गरेको छ। कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा बढेको छ । सन् २०२४ मा २ अर्ब ९ करोड २० लाख रुपैयाँमा व्यापार गरेको कम्पनीले गत आवको १० महिनाको अवधिमा ३ अर्ब ४१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।

यसैगरी, यस कम्पनीले सन् २०२३ मा २ अर्ब ६१ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ८१ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार सन् २०२४ को ९ महिनाको तुलनामा सन् २०२५ को १० महिनाको अवधिमा १२ प्रतिशतले बढेको उल्लेख गरेको छ ।

यस कम्पनीको ओबिड्टा/ओआई सन् २०२१ मा ३७.० प्रतिशतले घटेको यस कम्पनी अहिले नाफामा रहेको छ । सन् २०२५ को १० महिनामा यस कम्पनीको ओबिड्टा/ओआइ ३.२ प्रतिशत रहेको छ । सन् २०२३ मा यस कम्पनीको ओबिड्टा/ओआइ १२.१ प्रतिशत माइनसमा थियो भने २०२४ मा ५.५ प्रतिशत बढेको थियो ।

यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १५ कोड ६० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ८४ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको दीर्घकालीन रेटिङलाई रेटिङ एजेन्सी नेपालले ‘इक्रा एनपी– एलबी’ र अल्पकालीन ऋणको रेटिङलाई ‘इक्रा एनपि–ए फोर’ रेटिङ दिएको छ ।

यस कम्पनीमा दीपकप्रसाद सापकोटा, मदन सापकोटा र कुसुम कँडेल सापकोटाको सेयर स्वामित्व रहेको कम्पनीले जनाएको छ । सन् २०१९ मा स्थापना भएको कम्पनीले सनफ्लावर, सोयाबिन र तोरीको तेलको प्रशोधन र उत्पादन गरी कारोबार गर्दै आएको छ । कम्पनीले बेला, अम्बे र एग्रो गोल्ड ब्रान्डमा तेल बिक्री गर्दै आएको छ । सन् २०१९ मा स्थापना भएको कम्पनीले सन् २०२१ को जुनबाट व्यवसायीका कारोबार सुरु गरेको थियो । कम्पनीले दैनिक एक सय मेट्रिकटन क्षमतामा तेल उत्पादन गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime