Skip to content

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको नोक्सानी घट्यो: ईपीएस ऋणात्मक, नेटवर्थ ६३ रुपैयाँ

nabil bank

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

असार मसान्तसम्म कम्पनीको नोक्सानी केही मात्रामा घटेको छ ।

अघिल्लो आवको असार मसान्तमा कम्पनी ४ करोड १६ लाख ४३ हजार रुपैयाँ नोक्सानीमा थियो । गत आवको असार मसान्तसम्म २ करोड ७ लाख ९९ हजार नोक्सानीमा रहेको छ ।

यो अवधिमा कम्पनीले विद्युत बिक्रीगरेर १२ करोड ३ लाख ६८ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा १०.११ प्रतिशतले बढी हो ।
यस्तै वित्तीय खर्च २६.८२ प्रतिशतले घटेर ६ करोड ७८ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म कम्पनीको कुल नाफा ७.२९ प्रतिशत र अन्य आम्दानी ८३३.७५ प्रतिशतले बढेको छ । असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६० पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ६३ रुपैयाँ ७७ पैसा छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime