काठमाडौं । एनआईसी एशिया क्यापिटलले सञ्चालक गरेको चार वटा फण्डले एकै पटक लाभांश घोषणा गरेका छन् ।
क्यापिटलले व्यवस्थापन गरेको फण्डहरुले नगद लाभांश घोषणा गरेका छन् । फण्डहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांशका लागि ३६ करोड ५४ लाख २२ हजार ४१० रुपैयाँ छुट्याएका छन् ।
जसमा एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत, एनआईसी एशिया ब्यालेन्सड् फण्डले ९.९० प्रतिशत, एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) ले ८.६५ प्रतिशत र एनआईसी एशिया डानामिक डेप्ट फण्डले ५.५५ प्रतिशत नगद लाभांश दिने भएका छन् ।
सबै फण्डले नगद लाभांश दिने प्रयोजनका लागि साउन २९ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । साउन २८ गते कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्