काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म २० करोड ९२ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २४८.२८ प्रतिशतले धेरै हो। अघिल्लो आवको सोही अवधिसमा लघुवित्तले ६ करोड ८९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिकमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । जसको प्रभाव नाफामा देखिएको छ । यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६७.४७ प्रतिशतले बढेर ७३ करोड ८८ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।
यस्तै सञ्चालन नाफा २५५.३६ प्रतिशतले बढेर ३० करोड १६ लाख ९२ हजार रुपैयाँ पुगेको छ । कम्पनीको वितरणयोग्य मुनाफा १६ करोड ३६ लाख ४५ हजार रुपैयाँ रहेको छ । लाभांश दिने क्षमता २२ रुपैयाँ ३२ पैसा रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १८ पैसा बढेर २८ रुपैयाँ ५५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ९० पैसा रहेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ७३ करोड ३० लाख ४६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५३ करोड ४३ लाख ९३ हजार रुपैयाँ छ ।






प्रतिक्रिया दिनुहोस्