Skip to content

दाउन्ने पहाडमा पहिरो खसेपछि बुटवल–नारायणगढ सडक अवरुद्ध

nabil bank

नवलपरासी । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडको विश्वकर्मामन्दिर नजिकै पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार लगातारको वर्षाका कारण सोमबार बिहानदेखि एकतर्फी भएको राजमार्ग दिउँसो १ः०० बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो ।

एकतर्फी अवरुद्ध भएको सडक खोल्ने प्रयास भइरहेको अवस्थामा माथिबाट पहिरो झरेपछि थप समस्या भएको प्रहरी उपरीक्षक ढकालले बताए । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।

सडक अवरुद्ध भएपछि अहिले सयौं यात्रु र चालक बीच बाटोमै अलपत्र परेका छन्। बुटवल–नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime