काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई छानविन गर्न सरकारले गठन गरेको समितिलाई बाटो खुलेको छ ।
प्राधिकरणका अध्यक्ष ओझाले सरकारले कानुनविपरीत पदबाट निलम्बन गरेको र छानबिन समिति गठन गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त दायर गरेको रिटमा न्यायाधीशहरु हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले अन्तरिम आदेश जारी नहुने फैसला गरेको छ ।
यो सँगै उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित छानबिन समितिलाई छानविनको बाटो खुलेको छ । उक्त सदस्यमा कपिल ओली र जीवन सिटौला छन् ।






प्रतिक्रिया दिनुहोस्