काठमाडौं । नेपालमा पहिलो पटक नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन(नाइमा)ले विभिन्न ब्राण्डका गाडीको प्रदर्शनी (शो) आयोजना गर्दैछ । साउन २१ देखि २५ गतेसम्म आयोजना हुने शो लाई ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५’ को नाम दिइएको छ ।
पहिलो पटक आयोजना हुन लागेको एक्स्पो कस्तो होला ? अवलोकनकर्ताले नयाँ के पाउलान ? आकर्षणमा के होलान ? अहिले सबैका लागि चासोको विषय बनेको छ । चासो यसकारण पनि बढेको छ की, एक्स्पो मा करिब तीन दर्जन नयाँ गाडी सार्वजनिक हुँदैछन् । दुई तथा चार पाङग्रे सवारी साधन प्रेमीका लागि यो शो निकै रुचीको विषय बनेको बताइन्छ ।
काठमाडौंको भृकुटीमण्डस्थित प्रदर्शनी स्थलमा आयोजना हुने एक्स्पो को तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । एक्स्पोमा ३५ भन्दा बढी नयाँ ब्रान्डका सवारीहरु एउटै थलोबाट अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।
एक्स्पोमा सार्वजनिक हुने कतिपय गाडीहरुमा धेरैको चासो समेत रहेको छ । एक्स्पोमा वीवाईडीका तीन वटा नयाँ गाडीहरु सार्वजनिक हुँदैछन् । बिवाईडीको एटो–३, डलफिन, सिलायन–७ सार्वजनिक हुनेछन् । एटो–३ गाडीको लम्बाई ४३१० एमएम रहेको कम्पनीले जनाएको छ । यस मोडलको बडी टाइप एसयुभी स्मल ब्याट्रि (किलोवाड आवर) ५१.१३ रहेको छ । यो गाडीको मोटर ९९ किलोवाट रहेको कम्पनीले जनाएको छ । ४६२ रेन्ज किलोमिटर क्षमता छ । यो गाडीको मूल्य ४८ देखी ५० लाखसम्म पर्ने जनाइएको छ ।
वीवाईडीले एक्स्पोमा सिलायन–७ सार्वजनिक गर्ने भएको छ । यसको लम्बाइ ४८३० एमएमको एसयुभी मिड साइजमा रहेको छ । यसको ब्याट्री ७१.८ किलोवाड आवर, मोटर ९९ किलोवाड र रेन्च ४६३ किलोमिटर रहेको जनाइएको छ । सिलायन–७ को मूल्य ७४ लाख देखी ९९ लाखसम्म पर्न आउने जनाइएको छ ।
यसैगरी, विवाइडीले सन् २०२१ को अगस्टमा लन्च भएको डल्फीन बीवाइडीको ई प्लेटफर्म ३.० मा बनेको ह्याचव्याक कार हो । बीवाइडी डल्फीनको लम्बाई ४१२५ एमएम, चौडाई १७७० एमएम, उचाई १५७० एमएम छ । यसको ह्वीलवेस २७०० एमएम लामो र ग्राउण्ड क्लियरेन्स १७५ एमएम अग्लो छ । बीवाइडीले डल्फीनको ७ लाख यूनिट उत्पादन पुरा गरेको जनाएको छ ।
यसैगरी, डिपल ब्रान्डले यस अटो सोमा नयाँ गाडी भित्र्याउने तयारी गरेको छ । लोकप्रिय इलेक्ट्रिक एसयूभी दिपल एस०७ को नयाँ भेरियन्ट आईसीए सार्वजनिक भएको छ । दिपल एस ०७ आईसीए भेरियन्ट नयाँ एक्साइटिंग कलर नेबुला ब्लुमा पनि उपलब्ध हुनेछ । यो नयाँ गाडीको एलोइ ह्विललाई पनि अझ आकर्षक बनाइएको छ । दिपल एस ०७ आइसिएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ । ४१० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिनेछ ।
यसैगरी, यो सोमा सिट्रोनका नयाँ गाडीहरुको लन्च हुनेछ । फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास र हुन्डाई ब्रान्डका गाडीहरुको लन्च हुनेछ । त्यस्तै, चिनियाँ कम्पनीद्धारा बनाएको लीपमोटर गाडीको पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल हुनेछ । किनकी त्यस ब्रान्डका नयाँ गाडीहरु एक्स्पोमा लन्च हुनेछ । आयोजकका अनुसार यस एक्स्पोमा चार पांग्रेतर्फ सवारी साधान तर्फ बिवाईडीले एटो–३, डलफिन, सिलायन–७ गाडी सार्वजनिक गर्ने छ ।
टोयोटा सवारी साधनको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले एक्स्पोमा विशेष अफर सार्वजनिक गरेको छ । एक्स्पोमा युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर ल्याएको छ । एक्स्पोमा युनाइटेड ट्रेडर्स सिन्डीकेटले टोयोटाको क्रस हाइब्रिड इलेक्ट्रिक गाडी ल्याउन लागेको छ ।
यस्तै लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ लाई नेपाली बजारमा ल्याउने भएको छ । एक्सपोमा ‘क्यारी’ ब्रान्डका दुई नयाँ विद्युतीय भ्यानहरू सार्वजनिक हुने छन् ।
’क्यारी’ ब्रान्ड विश्वकै अग्रणी अटोमोबाइल निर्माता चेरी कमर्सियल भेहिकल्स अन्तर्गत पर्दछ । क्यारी ब्रान्ड अन्तर्गत केभान १ र केभान २ भेरिएन्टका इलेक्ट्रिक भ्यान लन्च गर्न लागिएको हो । व्यावसायिक प्रयोजनका लागि आधुनिक खैरो रङमा ’कमर्सियल भेरियन्ट’ र स्कुल÷कलेज प्रयोजनका लागि सुरक्षात्मक पहेँलो रङमा ’स्कुल भेरियन्ट’ उपलब्ध हुनेछन् ।
५३ किलोवाट आवर क्षमताको सिएटिएल ब्याट्री जडान गरिएको यी भ्यानले एक पटकको फुल चार्जमा अधिकतम ३०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । गाडीको औपचारिक लन्च र विस्तृत जानकारी नाइमा मोबिलिटी शो २०२५ मा दिइने कम्पनीको भनाई छ ।
यस्तै एक्सपोमा इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोर्थिंग’ लाई नेपाली बजारमा ल्याउने भएको छ ।
यस्तै एथर एनर्जीको नेपालको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि. ले एथर रिन्टा नाइमा एक्सपोमा पहिलो पटक सार्वजनिक गर्ने भएको छ ।
एथर रिन्टा विभिन्न भेरियन्ट र आकर्षक रंगहरूमा उपलब्ध हुनेछ । जसमा शक्तिशाली मोटर, लामो दायरा दिने व्याट्री, स्मार्ट कनेक्टिभिटी र थप स्टोरेज जस्ता विशेषताहरू हुनेछन् एयरको प्रमाणित प्लेटफर्ममा आधारित । शोमा आगन्तुकहरूले स्कुटरको प्रत्यक्ष अनुभव लिन जानकारी लिन र बुकिङको अवसर समेत पाउनेछन्।
यस्तै एमजी, हुन्डाई, जीकर, टोयोटाका यारिस क्रस हाइब्रिड इलेक्ट्रिक, ल्यान्डक्रूजर २५०, लीपमोटर, केई, किया, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, महिन्द्रा, म्याक्सस, मित्सुविशी, निसान, प्युजो, प्रोटोन, रेनो लगायतका ब्राण्डका गाडि रहनेछन् ।
यस्तै दुई पांग्रेतर्फ सवारी साधान तर्फ सुजुकी, होन्डा, एम्पियर, महिन्द्रा, एनआइयू, रोयल इन्फिल्ड, रेभोल्ट, बजाज, केटीएम, बेनिली, सेगवे–नाइनबोट, टीभीएस, अल्ट्राभ्वाइलेट, जीहो, गोगोरो लगायत रहनेछन् । त्यस्तै, कमर्शियलतर्फ फारिजोन, हाउजी, डोङफेङ, कामा, कारी, किङलोङ चेरी वान्डा रहेछन् ।






प्रतिक्रिया दिनुहोस्