Skip to content

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर

nabil bank

काठमाडौं । आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ का लागि नेपालमा टोयोटा सवारी साधनको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर सार्वजनिक गरेको छ ।

साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर ल्याएको हो ।

एक्स्पोमा युनाइटेड ट्रेडर्स सिन्डीकेटले टोयोटाको क्रस हाइब्रिड इलेक्ट्रिक गाडी ल्याउन लागेको छ । त्यसका लागि अफर ल्याएको जनाएको छ ।
यस अफरअन्तर्गत ग्राहकहरूले विविध सुविधा पाउने कम्पनीले जनाएको छ ।

एक्स्पोमा टोयोटाको सवारी साधन बुकिङ गर्ने ग्राहकले डिस्काउन्टको सुविधा पाउने जनाइएको छ भने विभिन्न उपहार पनि प्रदान गरिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime