काठमाडौं । लक्ष्मी सनराइज बैंक प्रवर्धक रहेको लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत ६ वटा कोषले लाभांश घोषणा गरेका छन् ।
जसमा लक्ष्मी भ्यालु फण्ड-२ ले इकाईधनीहरुका लागि आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट १५ प्रतिशत करसहित नगद लाभांश दिने घोषणा गरेको छ ।
यस्तै शुभ लक्ष्मी कोषले १६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
क्यापिटलका अनुसार सनराइज ब्लु चिप फण्डले १९ प्रतिशत, लक्ष्मी उन्नती कोषले २० प्रतिशत, सनराइज फस्ट म्युचुअल फण्डले १४ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डले इकाईधनीहरुलाई १३.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सबै लाभांश करसहित हो ।






प्रतिक्रिया दिनुहोस्