Skip to content

चौंथो संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ’ हुँदै, गुगल समेतको सहभागिता हुने

nabil bank

काठमाडौं । आगामी साउन ३० गते डिजिटल नेपाल कन्क्लेभको चौंथो संस्करण आयोजना हुने भएको छ ।

आइसिटी फाउन्डेसन नेपालले ‘इम्पावरिङ डिजिटल नेपाल दुगेदर’ नारासहित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ आयोजना गर्दैछ । यस वर्षको मुख्य थिम ‘डिजिटल सिनर्जीस् ट्रान्सफर्मिंङ गभर्नेन्स, इकोनोमी एण्ड सोसाइटी’ रहेको छ ।

कन्क्लेभमा ८ बढी सेसनमा राष्ट्रिय, अन्तरास्ट्रिय बिज्ञहरु सहित ५० बढी बक्ताहरु रहेका छन् । अन्तरास्ट्रिय कम्पनी गुगलको समेत सहभागिता हुने कन्क्लेभमा डिजिटल गभर्नेन्स, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डिजिटल स्वास्थ, डिजिटल इकोनोमी, आइसिटी इन्डस्ट्री डिस्कोर्स, पावर संवाद लगायतका सेसन हुनेछन् ।

यस वर्ष कन्क्लेभमा शोधपत्र प्रस्तुतीको अवसर समेत प्रदान गरिने जनाइएको छ । डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गतका विभिन्न ८ क्षेत्रहरुलाई समेटेर रिसर्च पेपर र नवीन प्रविधि तथा पहलहरूलाई (डिजिटल इनिसिएटिभ्स)हरु प्रस्तुत हुनेछन् । कन्क्लेभमा १५ बढी डिजिटल इनिसिएटिभ्स (प्रडक्ट) हरु शोकेसमा पनि रहने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, नीति निर्माता, विज्ञ, उद्यमीसहित ५०० बढीको प्रत्यक्ष सहभागिता रहने अपेक्षा छ । डिजिटल नेपाल कन्क्लेभको वेबसाइट बाट शोधपत्र र डिजिटल पहलहरू शोकेसका लागि आवेदन दिन तथा कन्क्लेभ बारे विस्तृत जानकारी लिन सकिनेछ ।

आइसिटी फाउन्डेसनले यस वर्ष प्रि(इभेन्टको रुपमा कर्णाली प्रदेशमा २ दिने ‘डिजिटल कर्णाली कन्क्लेभ’ र मधेश प्रदेशमा एक दिने ‘डिजिटल मधेश कन्क्लेभ’ आयोजना गरेको थियो भने सातै प्रदेशमा डिजिटल साक्षरता सम्वन्धि अभियान ‘आइसिटी ज्ञान’ कार्यक्रम सन्चालन गरेको थियो ।

डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल रुपान्तरणको लागि एउटा अर्थपूर्ण पहलरअभियान हो । यस कार्यक्रममा डिजिटल रुपान्तरणको लागि सरकारले गरिरहेको प्रयास, योजना र कार्यक्रमसंगै लक्ष्य प्राप्त गर्नको लागि गर्नुपर्ने सन्दर्भमा बृहत छलफल, प्रस्तुती र अन्तरक्रिया हुनेछ ।

सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै फाउन्डेसनले नेपालको डिजिटल रूपान्तरण र इकोसिस्टम विकासको लागि विभिन्न अभियान र कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । चौथो संस्करणको रुपमा आयोजना भइरहेको ‘डिजिटल नेपाल कन्क्लेभ’ मा सहभागिताको लागि वेबसाइट मार्फत टिकट खरिद गर्न सकिनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime