काठमाडौं । एथर एनर्जीको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले एथर रिज्टा नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
आज (साउन २१ गतेदेखि) सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा स्कुटर सार्वजनिक गरिएको हो । एक्स्पोमा सार्वजनिक भएको उक्त स्कुटर पारिवारिक स्कुटर भएको कम्पनीले जनाएको छ ।

एथर रिज्टा विभिन्न भेरियन्ट र आकर्षक रंगहरूमा उपलब्ध हुनेछ, जसमा शक्तिशाली मोटर, लामो दायरा दिने ब्याट्री, स्मार्ट कनेक्टिभिटी, र थप स्टोरेज जस्ता विशेषता हुने कम्पनीको दाबी छ । यो स्कुटरको सुरुवाती मूल्य ३ लाख ८३ हजार रुपैयाँ रहेको छ ।






प्रतिक्रिया दिनुहोस्