काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
यो अवधिमा कम्पनीको नोक्सानीमा रहेको छ । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको नोक्सानी भने घट्दै गएको छ । गत आवको असार मसान्तसम्म कम्पनी ४५ लाख ५४ हजार रुपैयाँ नोक्सानीमा रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा ३ करोड ९१ लाख ३० हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । गत आवको असार मसान्तसम्म कम्पनीले बिजुली बेचेर ८ करोड ९९ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । यो भनेको अघिल्लो आवको असार मसान्तको तुलनामा ११.२२ प्रतिशतले धेरै हो ।
कम्पनीको कुल आम्दानी १०.९५ प्रतिशतले बढेर ९ करोड २ लाख ५७ हजार रुपैयाँ रहेको छ । कम्पनीको वित्तीय खर्च ३२.१९ प्रतिशतले घटेर ४ करोड ६६ लाख ९१ हजार रुपैयाँ रहेको छ ।
२६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७३ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ३ रुपैयाँ ४० पैसा छ ।






प्रतिक्रिया दिनुहोस्