काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुन प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि नेपाली बजारमा सुन यही मूल्यमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। बुधबार तोलाको २ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।






प्रतिक्रिया दिनुहोस्