Skip to content

नाइमा मोबिलिटी एक्सपोमा जगदम्बा मोटर्सका १४ देखि १९ सिटर व्यावसायिक ईभी गाडी, कतिपर्छ मूल्य ?

nabil bank

काठमाडौं । जगदम्बा मोटर्स प्रालि, शंकर समूहले व्यावसायिक विद्युतीय सवारीसाधन (ईभी) आयात गरेको छ ।

कम्पनीले चिनियाँ ब्रान्डहरू फारिजोन, चेरी वान्डा र किङ लङ मार्फत १४ देखि १९ सिटर क्षमताका व्यावसायिक ईभी नेपाली बजारमा ल्याएको हो ।

उक्त समूहले १९ सिट क्षमताको फारिजोन भ्यान ल्याएको छ । ग्ली ग्रुप अन्तर्गतको फारिजोन ब्रान्डले पूर्ण विद्युतीय प्लेटफर्ममा आधारित भ्यान उत्पादन गर्दछ ।

नाइमा एक्स्पोमा प्रस्तुत गरिएको उक्त मोडलमा १७० किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ । जसले नेपालको चिप्लो र उकालो सडकहरू सहजै पार गर्न सक्छ। ८२.८८किलोवाट-आवर लिथियम ब्याट्रीले लामो दूरी यात्रा गर्न सक्षम बनाउँछ ।

भ्यानले ईयू डब्ल्यूभीटिए (युरोपेली युनियन सवारी साधन प्रकार स्वीकृति) प्रमाणपत्र प्राप्त गरेको छ । यसमा यूरोपियन युनियनका सुरक्षा र गुणस्तर मापदण्ड पुरा भएको प्रमाणित गर्छ । १९ सिट क्षमताको स्पेसियस भ्यान विशेषगरी पर्यटन र अन्तरसहर सेवाका लागि उपयुक्त छ।

सुरक्षाको दृष्टिकोणले यसमा डिस्क ब्रेक, एयरब्याग, एबिएस, इबिडी, ३६० डिग्री क्यामेरा, एडिएस, एभीएएस जस्ता प्रविधिहरू समावेश छन्। साथै चालकको सुविधाका लागि एसी, हिटर, हीटेड सिट र स्टेरिङको व्यवस्था गरिएको छ।

यस भ्यानको ब्याट्रीमा ४ वर्ष वा ७ लाख किलोमिटरको वारन्टी तथा मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरको वारन्टी दिइएको छ। यसको प्रारम्भिक मूल्य ७६ लाख ९० हजार रहेको छ ।

यस्तै १४ क्षमताको चेरी वाण्डा माइक्रोबस रहेको छ । चेरी र वाण्डाको सहकार्यमा बनेको यो माइक्रोबस शहरी आवागमनका लागि एक भरपर्दो र किफायती विकल्प हो। यसमा ५३.५८ किलोवाट-आवर को सीएटिएल ब्याट्री जडान गरिएको छ जसले ३०० किलोमिटरसम्मको दाबी गरिएको दायरा प्रदान गर्छ प्रयोग शर्त अनुसार फरक पर्न सक्छ ।

यसमा १८० मिमी ग्राउन्ड क्लेयरन्स रहेको छ, जसले नेपालको सडकका लागि उपयुक्त बनाउँछ। ब्याट्रीमा ५ वर्ष वा ३ लाख किलोमिटरको र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरको वारन्टी दिइएको छ। यसको प्रारम्भिक मूल्य ५६ लाख ५ हजार रहेको छ ।

जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालका अनुसार, “नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा हामी विभिन्न व्यावसायिक इभी समाधानहरू प्रस्तुत गर्दैछौं। हाम्रा गाडीहरूले इभी पारिस्थितिकी तन्त्रलाई मजबुत बनाउँदै व्यवसायिक चालकहरूको बोझ कम गर्नेछन्।”

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा जगदम्बा मोटर्सको स्टल डी–१६, हल डी मा अवस्थित हुनेछ। कार्यक्रममा सहभागी हुने ग्राहकहरूले बुकिङमा विशेष अफरहरू प्राप्त गर्ने अवसर पनि पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime