Skip to content

कुमारी बैंकको नाफा ४५ हजार ८२९ प्रतिशतले बढ्यो, सुधारको बाटोमा अधिकांश सूचक

nabil bank

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको चैथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । असार मसान्तसम्ममा नाफा आर्जनमा उल्लेख्य प्रगति गरेको छ ।

बैंकले प्रकाशित विवरण वित्तीय अवस्था अनुसार गत आवको असार मसान्तसम्म अघिल्लो आवको सोही अवधिको तुलनामा नाफा ४५ हजार ८२९. ०१ प्रतिशत बढेको छ । अघिल्लो आवको नाफा भने लेखापरीक्षण पछिको हो । बैंकले प्रकाशित गरेको वित्तीय अवस्थामा लेखापरीक्षण पछिको नाफा राखिएको छ । जसले गर्दा प्रतिशतमा हेर्दा नाफा धेरै प्रतिशत देखिएको छ ।

अघिल्लो आवको असार मसान्तमा ४६ लाख ८ हजार रुपैयाँ नाफा रहेको बैंकको गत आवको असार मसान्तसम्ममा ४५ हजार ८२९.०१ प्रतिशतले बढेर २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको असार मसान्तमा बैंकले इम्पेरमेन्ट चार्ज ६ अर्ब ८४ करोड १४ लाख १० हजार रुपैयाँ रहेको थियो । गत आवको असार मसान्तसम्म २ अर्ब ७९ करोड ६२ लाख ४१ हजार रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड ४३ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालान नाफा ५२९.८७ प्रतिशतले बढेर ६ अर्ब १३ करोड ४४ लाख ९१ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ७९ करोड ४० लाख २० हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ०.२ पैसाबाट बढेर ८ रुपैयाँ ७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ १९ पैसा रहेको छ । २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ८५ करोड ७९ लाख २५ हजार रुपैयाँ रहेको छ ।

३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ६० अर्ब ९४ करोड ८३ लाख ९८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बै‌कको खराब कर्जा ५.९५ प्रतिशतबाट बढेर ६.४२ प्रतिशत पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime