Skip to content

सांसद राजेन्द्र बजगाईंको पाँचतारे होटल वर्णबासले ११ महिनामा गर्यो साढे १ करोडको व्यापार

nabil bank

काठमाडौं । कांग्रेसका सांसद राजेन्द्र बजगाईंको पाँचतारे होटल वर्णवास म्युजियम कम्पनीले गत आवको ११ महिनामा १ करोड ७० लाख रुपैयाँको ब्यापार गरेको छ । आईपीओ जारी गर्ने तयारीमा रहेको होटलको व्यापार सन् २०२४ को तुलनामा बढेको छ । सन् २०२४ मा यस होटलले ९० लाख रुपैयाँमात्र व्यापार गरेको थियो ।

यो होटल काठमाडौंको बालुवाटारमा अवस्थित छ। यो कम्पनी सन् २०१८ नोभेम्बर २७ मा निजी लिमिटेड कम्पनीको रूपमा दर्ता भएको थियो । पछि सन् २०२४ अगस्ट १३ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। होटलमा कुल ४८ वटा कोठाहरू छन् । होटल पूर्णरुपमा सञ्चालन सन् २०२४ फेब्रुअरीदेखि सुरु भएको हो।

गत आर्थिक वर्षमा होटलले सेयर जारी गर्ने (आइपीओ) प्रस्ताव प्रथम वार्षिक साधारणसभाबाट पारित गरिसकेको छ। नक्साल र बालुवाटारको बीचमा संग्रहालयसहितको यस पाँचतारे बुटिक होटलमा तीन स्वीमिङ पुल रहेको छ। साढे नौ तलाको होटल तीन तहमा विभाजित छ।

ती तहले नेपालको हिमाल, पहाड र तराई क्षेत्र झल्काउँछ। तीनै तहमा मुल आदिवासी समुदायका भेषभूषा, रहनसहन र संस्कृति झल्काउने गरी डिजाइन गरिएको छ। यस होटलको प्रत्येक कोठालाई हिमाल, पहाड र तराईका गाउँका नामबाट चिनाइएको छ। यस होटलको कुल लगानी एक अर्ब १६ करोड रूपैयाँ रहेको कम्पनीले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi