काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाको वित्तीय विवरणअनुसार नाफा बढेको छ ।
गत आवको चौथो त्रैमाससम्म २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४८.२९ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले १४ करोड ५७ लाख खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १९.१३ प्रतिशतले बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । संस्थाको खुद शुल्क तथा कमिसन आम्दानी भने ९ करोड ९५ लाखबाट बढेर १० करोड ७ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी १ अर्ब ३ करोड र सञ्चालन खर्च ७० करोड ४१ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा १० करोड ७१ लाख रुपैयाँ धनात्मक रहेको संस्थाको रिटेन्ड अर्निङ ११ करोड ३१ लाख पुगेको छ । संस्थाको रिजर्भको आकार पनि ६१ करोड ६७ लाखबाट बढेर ७१ करोड १४ लाख पुगेको छ । ३ अर्ब ९८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले १५ अर्ब १ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।
कम्पनीको खराब कर्जा अनुपात ८.२३ प्रतिशतबाट बढेर ९।९९ प्रतिशत पुगेको छ । इम्पेयरमेन्ट चार्जका लागि संस्थाले ११ करोड ७३ लाख रुपैयाँको व्यवस्था गरेको छ। यस्तै संस्थाको वितरणयोग्य मुनाफा ११ करोड ३१ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता ७.४७ प्रतिशत रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १५.२३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १५८.११ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ९३.८४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५५.५९ गुणा र तरलता अनुपात १.६९ प्रतिशत कायम भएको छ ।






प्रतिक्रिया दिनुहोस्