काठमाडौं । कृषि विकास बैंकको गत आर्थिक बर्षको असार मसान्तसम्म ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४३.३८ प्रतिशतले धेरै हो ।
अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेपनि सन्चालन नाफामा भने सुधार आएको छ ।
अघिल्लो आवको तुलनमा बैंकको खुद ब्याज आम्दानी ६.९३ प्रतिशतले घटेर ९ अर्ब ८२ करोड १४ लाख ८४ हजार रुपैयाँ रहेको छ । यस्तै सन्चालन नाफा ४१.२७ प्रतिशतले बढेर ५ अर्ब ८४ करोड ७६ लाख २७ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो बर्ष बैंकले इम्मेपेरिमेन्ट चार्ज लागि २ अर्ब ४५ करोड २१ लाख ६७ हजार रुपैयाँ रहेको थियो । गत आवको सोही अवधिमा १० करोड ६२ लाख २१ हजार रहेको
छ । असार मसान्तसम्म बैकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ रहेको छ । बैंकको लाभाश दिने क्षमता १५ रुपैयाँ ५८ पैसा रहेको छ । अघिल्लो आवको सोही अवधिमा ४ रुपैयाँ ९ पैसा थियो ।
बैंकको खराब कर्जा घटेर ३.२६ प्रतिशतमा झरेको छ । अघिल्लो आवको सोही अवधिमा ३.९१ प्रतिशत रहेक थियो । बैंकले गत आवमा २ खर्ब ९३ अर्ब ५७ करोड द्धड लाख द्धघ हजार निक्षेप सङ्कलन गरेर २ खर्ब १३ अर्ब १४ करोड २८ लाख ९ हजार कर्जा लगानी गरेको छ ।
बैंकको कुल सम्पत्ति हाल ३ खर्ब ६२ अर्ब ५० करोड २० लाख ७३ हजार पुगेको छ । बैकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५६ पैसाबाट २७ रुपैयाँ ६३ पैसा रहेको छ । प्रतिसेयर नेटवर्क २४१ रुपैयाँ ४ पैसा पुगेको छ ।






प्रतिक्रिया दिनुहोस्