Skip to content

रुस–युक्रेन युद्धपछि दुबई र रुसको व्यापारमा उच्च वृद्धि, ५ वर्षमा दुई गुणा बढाउने योजना 

nabil bank
काठमाडौं । दुबई, संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति मोहम्मद बिन जायेद अल नाहयानले बिहीबार रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग भेट गरेका छन् । दुबईका राष्ट्रपति नाहयानको यो एक वर्षभित्रको दोस्रो रुस भ्रमण हो । यसलाई अन्य देशहरूले दुवै मुलुकबिच बढ्दै गएको सम्बन्धको संकेतका रूपमा लिइएका छन् ।
युक्रेनसँग रुसको युद्ध सुरु भएयता  दुबई र रुसको व्यापारमा उच्च वृद्धि भएको छ। मोहम्मद बिन जायेदले सन् २०२५ मा रुस र दुबईबीचको व्यापार ११.५ अर्ब डलर पुगेका बताएका छन् । उनले यो सीमालाई  पाँच वर्षभित्र दुई गुणा बढाउने योजना रहेको बताएका छन् । यसैगरी, जायेदले युरो एसियाको सम्बन्धलाई पनि थप बलियो बनाउँदै लग्ने बताएका छन् ।
रुसको व्यापार मन्त्रालयका अनुसार २०२२ मा रुस–संयुक्त अरब इमिरेट्स व्यापार अघिल्लो वर्षको तुलनामा ६८ बढेर छ । रुस र दुबईको व्यापार ९ अर्ब डलर पुगेको थियो। दुई देशको लगातार भेटवार्तालाई अन्तर्राष्ट्रिय चासोको रूपमा राखिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दुई देशको भेटमा आर्थिक, व्यापार, लगानी, ऊर्जा लगायत संयुक्त विकासमा सहयोग पुर्याउने अन्य क्षेत्रहरूमा सहकार्य बढाउने उपायहरू लगायतका कुरामा छलफल भएको जनाएका छन् ।
संयुक्त अरब इमिरेट्सलाई दीर्घकालीन रूपमा अमेरिकाको नजिकको सहयोगी र प्रमुख सैन्य तथा गुप्तचर साझेदार रूपमा लिने गरिएको छ ।  यो रुसको लागि पनि मध्यपूर्वमा सबैभन्दा महत्त्वपूर्ण आर्थिक साझेदार हो ।  रुस र संयुक्त अरब इमिरेट्सबीच सन् २०१८ मा रणनीतिक साझेदारी सम्झौता भएको थियो । त्यसयता दुवै मुलुकका शीर्ष नेताहरूबिच धेरै पटक भ्रमण आदान–प्रदान भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime