Skip to content

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

nabil bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको सो भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा हालै सम्पन्न भएको भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगष्ट २०२५) आयोजना भएको सो सम्मेलनमा सहभागी भएर शुक्रबार स्वदेश फर्किएका हुन् । आजको भेटवार्तामा समसामयिक अन्य विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime