काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य २ सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य भने सामान्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँ बढेको छ। गत शुक्रबार तोलाको २ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३ सय ३० रुपैयाँ कायम भएको छ।






प्रतिक्रिया दिनुहोस्