Skip to content

मितेरी डेभलपमेन्ट बैंकको नाफा १०.०३ प्रतिशतले घट्यो, लाभांश दिने क्षमता दोहोरो अंकमा

nabil bank

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

गत आवको असार मसान्तसम्म बैंकले १३ करोड ४ लाख रुपैयाँको नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १०.०३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १४ करोड ४४ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ । जसको असर नाफामा पनि देखिएको छ । बैंकको खुद ब्याज आम्दानी २१.३२ प्रतिशतले घटेर २० करोड ४३ लाख २४ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन नाफा २२ करोड ५८ लाख २७ हजार रुपैयाँबाट घटेर १८ करोड ६२ लाख ८८ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १६ करोड ६१ लाख २१ हजार रुपैयाँ रहेको छ । बैैंकले सेयरधनीलाई लाभांश दिने क्षमता १२.८३ प्रतिशत रहेको छ ।

१ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३४ करोड ४२ लाख २३ हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १०.७१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४१.११ रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा उल्लेख्य रुपमा घटेको छ । अघिल्लो आवमा ०.८१ प्रतिशत रहेको खराब कर्जा गत आवको सोही अवधिमा ०.२८ प्रतिशत छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime