काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
उक्त कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
साथै, सो बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
सो प्रस्तावित लाभांश कम्पनीको आगामी आर्थिक वर्षको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्न सक्ने छन् ।






प्रतिक्रिया दिनुहोस्