Skip to content

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

nabil bank

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी माहसंघले जनाएको छ ।

महासंघका अनु्सार आज छापावाल सुन प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार बजारमा छापावाल सुन प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलमा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला २ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime