काठमाडौं । गत आर्थिक वर्ष २०८१–८२ मा ७ वाणिज्य बैंकले करिब साढे २० अर्ब रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवमा ७ वाणिज्य बैंकले २० अर्ब ४६ करोड २ लाख ७१ हजार रुपैयाँ नाफा कमाउन सफल भएका छन् ।
साउन २६ गतेसम्म आउँदा सञ्चालनमा रहेको २० वाणिज्य बैंकमध्ये ७ वाणिज्य बैंकलेमात्र गत आवको वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त सात बैंकले अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा १५ अर्ब ९१ करोड २७ लाख ९७ हजार रुपैयाँमात्र नाफा कमाउन सफल भएका थिए ।
उक्त वित्तीय विवरण अनुसार यस अवधिसम्म आउँदा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंक एभरेस्ट बैंक रहेको छ । गत आवमा यस बैंकले ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । यस अवधिसम्म यस बैंकको वितरणयोग्य नाफा पनि ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा एभरेस्टको प्रति सेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा र प्रति सेयर आम्दानी ३७ रुपैयाँ ९९ पैसा रहेको छ । यस बैंकको गत आवको नाफाबाट लाभांश बाँड्न सक्ने (सम्भावित) क्षमता ३८ .२७ प्रतिशत पैसा रहेको छ । गत आवमा बैंकको निष्क्रिय कर्जा ०.३८ प्रतिशत रहेको छ ।
यसैगरी, वित्तीय विवरण सार्वजनिक गर्ने बैंक मध्ये सबैभन्दा धेरै नाफा कमाउने दोस्रो बैंक कृषि विकास बैंक रहेको छ । यस अवधिसम्म ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । प्रति सेयर नेटवर्क २४१ रुपैयाँ ०४ पैसा र प्रति सेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा रहेको छ । बैंकले गत आवको नाफाबाट लाभांश क्षमता (सम्भावित) १५ .५८ प्रतिशत रहेको छ । गत आवको अन्यसम्म बैंकको निष्क्रिय कर्जा ३.२६ प्रतिशत रहेको छ ।
सिद्धार्थ बैंक ३ अर्ब ३९ करोड ५२ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ । यस बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड २७ लाख ८७ हजार रुपैयाँ रहेको छ। प्रति सेयर नेटवर्क २१९ रुपैयाँ ९७ पैसा रहेको यस बैंकको प्रति सेयर आम्दानी २४ रुपैयाँ १० पैसा रहेको छ । बैंकको लाभांश क्षमता (सम्भावित) १३.२२ प्रतिशत रहेको छ । गत आवमा यस बैंकको निष्क्रिय कर्जा २.६२ प्रतिशत रहेको छ ।
गत आवमा कुमारी बैंक २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ । यस बैंकको वितरण योग्य नाफा भने ऋणात्मक रहेको छ । बैंकले गत आवबाट लाभांश दिने क्षमता पनि ऋणात्मक रहेको छ । प्रति सेयर नेटवर्क १४२ रुपैयाँ १९ पैसा र प्रति सेयर आम्दानी ८ रुपैयाँ ०७ पैसा रहेको छ । बैंकको निष्क्रिय कर्जा ६.४२ प्रतिशत रहेको छ ।
माछापुच्छ्रे बैंक २ अर्ब १४ लाख ६१ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । यस अवधिसम्म यस बैंकको वितरण योग्य नाफा १ अर्ब ७ करोड २९ लाख ३५ हजार रुपैयाँ रहेको छ । यस बैंकको प्रति सेयर नेटवर्क १६३ रुपैयाँ ८० पैसा र प्रति सेयर आम्दानी १७ रुपैयाँ ३१ पैसा रहेको छ । बैंकको लाभांश क्षमता (सम्भावित) ९.२३ प्रतिशत रहेको छ । बैंकको गत आवसम्मको निष्क्रिय कर्जा ३ रुपैयाँ ८३ पैसामात्र रहेको छ ।
गत आवमा सानिमा बैंकको नाफा २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यस अवधिसम्मको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड ७ लाख २० हजार रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर नेटवर्क १६८ रुपैयाँ ८३ पैसा र प्रति सेयर आम्दानी १८ रुपैयाँ ९३ पैसा रहेको छ । गत आवको नाफाबाट बैंकको लाभांश क्षमता (सम्भावित) २०.४७ प्रतिशत रहेको छ । यस अवधिसम्म यस बैंकको निष्क्रिय कर्जा ३.०१ प्रतिशत रहेको छ ।






प्रतिक्रिया दिनुहोस्