Skip to content

हिमालयन बैंकको नाफा २२.१४ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ऋणात्मक

nabil bank

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म हिमालयन बैंकले १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २२.१४ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.९९ प्रतिशतले घटेर १० अर्ब ४५ करोड ६६ लाख ९० हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा भने ८८.४१ प्रतिशतले बढेर ५ अर्ब ४३ करोड ६४ लाख ९२ हजार रहेको छ ।

असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ७ अर्ब १० करोड १५ लाख २७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । ६.९८ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७५.०७ रुपैयाँ छ ।

बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत पुगेको छ । २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २३ अर्ब ३५ करोड ९९लाख ६६ हजार रुपैयाँ रहेको छ । ३ खर्ब ९ अर्ब १५ करोड ८६ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ३२ अर्ब ८५ करोड ८२ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime