Skip to content

ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड, लाभांश दिने क्षमता दोहोरो अंकमा

nabil bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ ।

यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १.०९ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश दिने क्षमता १४.११ प्रतिशत लाभांश छ ।

चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २४ अर्ब २१ करोड ३ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

असार मसान्तसम्म बैंकको खराब कर्जा ४.८७ प्रतिशत छ । अघिल्लो आवको सोही अवधिमा ४.१७ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी १६.२८ रुपैयाँ प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime