काठमाडौं । मितेरी सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा ललितपुरमा पेश गरेको छ ।
सहकारी ठगी प्रकरणमा ११ जनालाई प्रतिवादी बनाउने रायसहितको प्रतिवेदन बुझाइएको सीआईबीले जनाएको छ ।
प्रतिवेदनमा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङको संलग्नताबारे प्रमाण फेला नपरेकाले उनलाई मुद्दा चलाउने राय दिइएको छैन ।
सीआईबीले मितेरी सहकारीको महाप्रबन्धक रहेकी ज्योति गुरुङका साथै ज्योतिबहादुर भण्डारी, सुवास खत्री, सुरेश अधिकारी, प्रकाश थापासहित ११ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।
सहकारीको करिब १४ करोड ठगी गरिएको उल्लेख गर्दै सोही अनुसारको बिगो मागदाबी गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्