काठमाडौं । विशाल बजार कम्पनीले ५६ औं बार्षिकोत्सव मनाएको छ । आज विभिन्न कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको जनाएको छ ।
वार्षिक उत्सवको अवसरमा कम्पनीले मानव सेवा आश्रमलाई खाधान्न सहयोग गरेको छ । यस्तै कम्पनीको मुख्य भवन, भवन परिसरमा सरसफाइ गरेको छ ।

यस्तै विशाल बजार व्यापार संघ, लायन्स क्लब अफ विशाल बजार, लियो क्लब अफ विशाल बजार, महानगरी प्रहरी जनसेवा, ट्राफिक प्रहरी जनसेवा तथा कर्मचारीले सरसफाइ गरेका छन् ।
कम्पनीको २०२६ साउन २७ गते स्थापना भएको थियो । साउन २७ गतेबाट कम्पनी ५७ वर्षमा प्रवेश गरेको छ ।






प्रतिक्रिया दिनुहोस्