काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि समस्या समाधान आयोगका ७७ वटै जिल्ला शाखाहरुले भूमिहिन, दलित र अब्यवस्थीत बसोवासीको समस्या समाधान गर्न क्रियासिल रहेको बताएका छन् ।
केही महिनाभित्रै लाखौंले लालपुर्जा पाउने गरी काम भइरहेको मन्त्री अधिकारीको भनाई छ । भूमि समस्या समाधान आयोग केन्द्रीय कार्यालयले आयोजना गरेको बार्षिक समिक्षा गोष्ठीमा मन्त्री अधिकारीले भूमि समस्या समाधानका लागि यो आयोग नै अन्तिम हुने र यसले सबै खाले समस्याको हल गर्ने दाकी गरे ।
राजनीतिक चेपुवामा परेर धेरै पटक आयोग बन्ने, बिघटन हुने श्रृङ्खला चलिरहेकोमा बर्तमान सरकारले आयोगलाई स्पष्ट निर्देशन सहित बिघटन नहुने र सबै समस्या हल गर्ने गरी जिम्मेवारी प्रदान गरेको स्मरण गरे । २०८१ साल काक्तिक १३ गते गठन भएको यो आयोगले ८ महिनाको समयमा ७७ जिल्लामा शाखा खोल्ने, भूमिहिनको लगत संकलन गर्ने र लालपुर्जा बितरणको काममा समेत ध्यान दिएको बताए ।
कार्यक्रममा प्रधानमन्त्री के.पी. सर्मा ओलीले भूमि समस्या समाधानका लागि मन्त्री अधिकारीले बिशेष पहलकदमी लिएको भन्दैं आफुले गोष्ठिको उद्घाटन नगरी मन्त्री अधिकारीमार्फत समुद्घाटन गराए । कार्यक्रममा सबैलाई लालपुर्जा दिएर इतिहास रच्न प्रधानमन्त्रीले सबैलाई निर्देशन समेत दिए ।






प्रतिक्रिया दिनुहोस्