Skip to content

दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, ५ जना बने भाग्यमानी

nabil bank

काठमाडौं । दरमखोला हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाद्वारा बाँडफाँट गरिएको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।

आईपीओमा दुई लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । जसमा ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता सेयर हात पारेका छन् ।

आईपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेको थियो । जसमा २२ लाख ८३ हजार २२६ आवेदन सदर भएको र १३ हजार २३९ कित्ता आवेदन रद्ध भएको छ ।

कम्पनीले साउन १५ देखि १९ गतेसम्म २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँको २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्कासन गरेको थियो ।

आईपीओको नतिजा दरमखोला हाइड्रोपावर, लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट, मेरो सेयर र सिडिएससीले आईपीओको नतिजा हेर्न बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime