Skip to content

महाकालीमा पानीको प्रवाह बढेपछि चारपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक

nabil bank

भीमदत्त । सुदूरपश्चिममा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको छ। पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आज बिहान ११ बजेसम्म्ममा पानीको प्रवाह १ लाख २६ हजार ७१२ क्यूसेक मापन भएको छ । जिल्ला प्रहरीका प्रवक्ता सागर बोहराले वर्षा भइरहेकाले पानीको प्रवाह अझै बढ्न सक्ने बताए । उनकाअनुसार नेपाल-भारत सीमामा रहेको बनबासा पुलमा चारपाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको हो । दुईपाङ्ग्रे सवारी साधन र मानिस आवतजावत चालु रहेको प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime