Skip to content

माछापुच्छ्रे क्यापिटल र लक्ष्मी सनराइज बैंकबीच डिबेञ्चर निष्काशनका लागि सम्झौता

nabil bank

काठमाडौं । माछापुच्छ्रे क्यापिटल र लक्ष्मी सनराइज बैंकबीच ‘७५ लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन सम्झौता भएको छ ।
क्यापिटल र बैंक बीच “७% लक्ष्मी सन्राइज डिबेञ्चर २०९२” नामक ऋणपत्र सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकका साथै डिबेञ्चर ट्रष्टि सेवा प्रदान गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

लक्ष्मी सन्राइज बैंकले प्रति इकाई एक हजार रुपैयाँका दरले तीन अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको जनाएको छ ।

सम्झौतामा बिक्री प्रबन्धक माछापुच्छ्रे« क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र लक्ष्मी सन्राइज बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत पियूष राज अर्यालले हस्ताक्षर गरे ।

माछापुच्छ«े क्यापिटल माछापुच्छ«े बैंकको सहायक कम्पनी हो । पब्लीक कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ«े क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आईरहेको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime