काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ले ”नेप्से एआई” नामक कुनै एप वा सेवा नेपाल स्टक एक्सचेन्जको आधिकारिक उत्पादन वा सेवा नभएको जनाएको छ ।
नेप्सेले हालसम्म कुनै पनि मोबाइल एप मार्फत प्रत्यक्ष सेयर कारोबारको सुविधा प्रदान नगरेको जनाएको छ ।
‘सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत ”नेप्से एआई” नामक एप प्रयोग गरी यहाँ क्लिक गर्नुहोस् र एआईबाट सेयर विश्लेषण वा कारोबार गर्नुहोस्’ भन्ने किसिमको भ्रामक तथा झुटा सन्देश पठाई केही व्यक्तिलाई धोका दिई रकम ठगी समेत गरेको जानकारी प्राप्त हुन आएको छ’ नेप्सेले भनेको छ ‘यस प्रकारका भ्रामक सन्देश लिंक वा एपहरूमा क्लिक नगर्न कुनै पनि व्यक्तिगत विवरण ९बैंक खाता पासवर्ड ओटीपी० प्रदान नगर्न र आर्थिक कारोबार नगर्न सम्पूर्ण सबैमा नेप्से अनुरोध गर्छ ।’
यस प्रकारको शंकास्पद गतिविधि देखिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा नेपाल स्टक एक्सचेन्जमा जानकारी गराउन पनि हामी अनुरोध गर्दछौं ।






प्रतिक्रिया दिनुहोस्