Skip to content

संघीय राजधानी काठमाडौंको सडकको अवस्था (फोटो फिचर)

nabil bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रतिनिधिसभामा विकासको फेहरिस्ता प्रस्तुत गर्दै गर्दा संघीय राजधानी काठमाडौंकै ३१ नं वडाको शंखमूल गणेशमार्ग सडक भने महिनौंदेखि हिलाम्मे भएको छ ।

वडा र निर्माण व्यवसायीले प्रभावकारी रूपमा काम नगर्दा सो क्षेत्रका स्थानीयहरू दिनहुँ हिलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् । ३१ नं वडाका वडा अध्यक्ष सरोज ढकालका अनुसार स्थानीय माग अनुसार ८२ इन्चको ३८३ मिटर ढल राखिएको र मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम गरिएको जानकारी दिए ।

सो सडकमा ढल व्यवस्थापनको काम सकिए पनि निर्माण कम्पनीले बाँकी काम नगर्दा हिलाम्मे सडकमा स्थानीय सर्वसाधारणले सास्ती भोग्नु परेको हो । २०८२ असोज मसान्तसम्म काम सक्ने गरी टुँडाल कन्स्ट्रक्सन एण्ड सपलायर्स प्रालि ले रु. १०७१९३२३.६८ भ्याट र पीएसबाहेक निर्माण सम्झौता गरेकोमा ढल निर्माण पश्चातको काम अगाडी बढ्न सकेको छैन ।

स्थानीय व्यापारी सरोज तिमल्सिना अनुसार वडा र ठेकेदारले राम्रो काम नगरे बताउँदै, ढल व्यवस्थापनको क्रममा खनिएको माटो सडकमै राखिनाले अहिले यो अवस्था आएको उनले जनाए । वैशाख २८ गतेबाट खनिएको सडक अहिले पनि जस्ताको त्यस्तै हुनुमा वडा र ठेकेदार कम्पनीले लापर्बाही गरेको स्थानीयले गुनासो गरेका छन् ।

   तस्बिरः नेपाल फोटो लाइब्रेरी 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime