काठमाडौं । सेयर बजार स्थिर बनेको छ ।
बजार स्थिर भएपनि कारोबार रकममा भने केही सुुधार देखिएको छ । बजार मापन गर्ने सूचक २.६२ अंकले बढेर परिसूचक २७८८.३६ बिन्दु भएको छ ।
३२० कम्पनीको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा विकास बैंक, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन, अन्य समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।






प्रतिक्रिया दिनुहोस्