काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । सञ्चार मन्त्रालयमा आज (बिहीबार) आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्तासमेत रहेका पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्गमार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने निर्णय गरेको छ ।
त्यस्तै, मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा २ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने छ ।






प्रतिक्रिया दिनुहोस्