Skip to content

सिटिजन लाइफ इन्स्योरेन्सको आम्दानी १७.६४ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ १४८.७१ रुपैयाँ छ

nabil bank

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा सिटिजन लाइफ इन्स्योरेन्सले ९ अर्ब १९ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा ७ अर्ब ५७ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षमा १७.६४ प्रतिशतले आम्दानी वृद्धि गरेको हो ।

कुल आम्दानी बढ्दा पनि कम्पनीको नाफामा भने गिरावट आएको छ । कम्पनीले गत आर्थिक वर्षमा ४२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भने कम्पनीको यस्तो नाफा ४३ करोड रुपैयाँ थियो ।

उक्त कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले ७ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले ६ अर्ब २१ करोड ५३ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षमा ७ अर्ब १९ करोड ४१ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले गत आर्थिक वर्षमा भने ८ अर्ब ७७ करोड ३४ लाख रुपैयाँ कुल खर्च गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा १४ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ बराबरको कुल दायित्व रहेकोमा गत आर्थिक वर्षमा बढेर कम्पनीको कुल दायित्व २० अर्ब ६५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८।५० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८.७१ रुपैयाँ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime