Skip to content

राष्ट्रिय स्तरका विकास बैंकको लाभांश क्षमता २०.७५ प्रतिशतसम्म, एक बैंकले नदिने (कुनको कति)

nabil bank

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सञ्चालनमा रहेका राष्ट्रिय स्तरका ७ वटा विकास बैंकले सेयरधनीलाई लाभांश दिन सक्ने भएका छन् ।

बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय अवस्था अनुसार राष्ट्रियस्तरका ८ विकास बैंकमध्ये ७ वटाले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट सेयरधनीलाई लाभांश दिन सक्नेछन् ।
ज्योति विकास बैंकको लाभांश दिन सक्ने क्षमता भने १७.७५ प्रतिशत ऋणात्मक रहेको छ ।

विकास बैंकले यसपटक ८.१३ देखि २०.७५ प्रतिशतसम्म लाभांश दिन सक्नेछन् । ७ वटा विकास बैंकमा एउटा बैंकको लाभांश क्षमता एकल अंकमा रहेको छ भने बाँकी ६ वटाको लाभांश दिने क्षमता दोहोरो अंकमा रहेका छन् ।

सबैभन्दा बढी लाभांश दिने क्षमता मुक्तिनाथ विकास बैंकको रहेको छ । सेयरधनीलाई लाभांश दिने क्षमता बैंकको २०.७५ प्रतिशत रहेको छ । सबैभन्दा कम लुम्बिनी विकास बैंकको ८.१३ प्रतिशत रहेको छ ।

यस्तै गरिमा विकास बैंकको १२.५९ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३.९६ प्रतिशत, कामना सेवा विकास बैंकको १७.३० प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ११.६४ प्रतिशत र महालक्ष्मी विकास बैंकको लाभांश दिने क्षमता ११.५१ प्रतिशत छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime