Skip to content

गत आवमा सरकारी खर्च १५ खर्ब ८ अर्ब ११ करोड

nabil bank

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सरकारको १५ खर्ब ८ अर्ब २३ अर्ब ११ करोड बराबर कुल खर्च भएको छ । आव २०८०/८१ मा कुल १४ खर्ब ८ अर्ब ७६ करोड रुपैयाँ बराबर खर्च भएको थियो ।

त्यसैगरी, चालुतर्फ ८५ दशमलव ९५ प्रतिशत अर्थात् ९ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ, पुँजीगततर्फ ६३ दशमलव दुई प्रतिशत अर्थात् दुई खर्ब २२ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान समारोहमा गरिएको प्रस्तुतिअनुसार वित्तीय व्यवस्थातर्फ ८७ दशमलव ८७ अर्थात् ३ खर्ब २० अर्ब चार करोड रुपैयाँ बराबर खर्च भएको छ । विसं २०८१ को असार मसान्तको तुलनामा २०८२ असार मसान्तसम्म चालुतर्फ दुई दशमलव ९४ प्रतिशत बढी खर्च भएको हो ।

यस्तै, पुँजीगततर्फ २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा १६ दशमलव १५ प्रतिशत बढी खर्च भएको छ । आव २०८१/८२ मा वित्तीय व्यवस्थातर्फ ८७ दशमलव १४ प्रतिशत खर्च भएको छ । वार्षिक लक्ष्यको कुल ८१ दशमलव ८७ प्रतिशत खर्च भएको देखिएको छ ।

आव २०८१/८२ मा कर राजस्व वार्षिक लक्ष्यको ८१ दशमलव ७५ प्रतिशत र गैरकर राजस्व ९५ दशमलव ४५ प्रतिशत संकलन भई कुल राजस्व संकलन वार्षिक लक्ष्यको ८३ दशमलव शून्य छ प्रतिशत पुगेको छ । आव २०८०/८१ मा कुल राजस्व १० खर्ब ३० अर्ब ३४ करोड रुपैयाँ सङ्कलन भएकामा आव २०८१/८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ सङ्कलन भएको छ । अघिल्लो वर्षको तुलनामा १४ दशमलव ४१ प्रतिशत बढी हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको विवरणअनुसार अघिल्लो वर्षको तुलनामा कर राजस्व १३ दशमलव २५ प्रतिशत र गैरकर राजस्व २८ दशमलव आठ प्रतिशतले वृद्धि भएको हो ।

आव २०८१/८२ मा कुल आयात रु १८ खर्ब चार अर्ब १२ करोड रुपैयाँ, निर्यात दुई खर्ब ७७ अर्ब तीन करोड रुपैयाँ बराबर भएको छ । कुल व्यापारघाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ बराबर भएको छ । अघिल्लो वर्षको तुलनामा आयात १३ दशमलव तीन प्रतिशत र निर्यात ८१ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime