Skip to content

एलजी नेपालले मनायो ४० वर्षको विश्वास र साथको उत्सव

nabil bank

काठमाडौं । एलजी नेपालले आफ्नो ४०औं वार्षिकोत्सवको अवसरमा ‘४० वर्षको ड्युरेबिलिटी’ क्याम्पेन सुरु गर्दै नेपाली बजारमा आफ्नो ऐतिहासिक यात्रा र उपलब्धिको उत्सव मनाएको छ।

नवीनतम प्रविधि र दीर्घकालीन प्रदर्शनको सम्मिश्रणसहितका टिकाउ उत्पादनहरू उपलब्ध गराउँदै आएको एलजीका उत्पादन उपभोक्तामाझ लोकप्रिय रहेको कम्पनीले जनाएको छ।

आगामी वर्षहरूमा पनि एलजीले उद्देश्यपूर्ण नवप्रवर्तनलाई निरन्तर अघि बढाउँदै, हरेक उत्पादनलाई समयको परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता छ। यस्तै, अत्याधुनिक प्रविधि, वातावरणमैत्री समाधान र ग्राहक केन्द्रित सेवामार्फत प्रत्येक नेपाली परिवारको जीवनलाई अझ उत्कृष्ट र सहज बनाउन प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ।

वार्षिकोत्सवको अवसरमा एलजी ब्रान्डका प्रबन्धक मुकेशकुमार बैठाले अत्याधुनिक प्रविधि र उत्कृष्ट टिकाउपनसहितका उत्पादनहरू निरन्तर उपलब्ध गराउँदै प्रत्येक नेपालीको जीवन सरल बनाउन लागि परिरहने प्रतिबद्धता जनाए।

सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको एलजी, नेपालमा एलजी प्रोडक्टसको अग्रणी वितरक हो। घरेलु उपकरणदेखि मनोरञ्जन र वातानुकूलन समाधानसम्म, एलजी नेपालले आफ्नो सुरुवातदेखि नै गुणस्तर, नवप्रवर्तन र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै, उद्योगस्तरको मापदण्ड कायम राख्दै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime