Skip to content

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई मेडिप्लस हस्पिटलमा २५ प्रतिशत छुट

nabil bank

काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीले पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा छुट पाउने भएका छन्। बैंक र सो हस्पिटलबीच साउन २९ गते भएको सम्झौताअनुसार बैंकमा खाता भएका ग्राहक र बैंकमा कार्यरत कर्मचारीहरूले विशेष छुट पाउने भएका हुन्।

सो सहमतिपत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत राजुराना मगर र हस्पिटलका तर्फबाट अध्यक्ष आनन्द भट्टराईले संयुक्त हस्ताक्षर गरेका छन्। सो सम्झौताअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले बैंकको डेबिटरक्रेडीट कार्ड तथा अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरूमा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

विशेष गरी बैंकका ग्राहक र कर्मचारीलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजना अन्तर्गत यो छुट उपलब्ध गराइएको बैंकले जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime