Skip to content

वाणिज्य बैंकको प्रतिसेयर आम्दानी बढ्योः सबैभन्दा धेरै एभरेष्ट, कम एनआईसी एसियाको

nabil bank
काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेको छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकको ईपीएस औसतमा ५ रुपैयाँ १९ पैसाले बढेको हो ।
गत आर्थिक वर्ष २०८१/८२ मा बैंकहरुको प्राय सूचकहरू सकारात्मक भएका छन् । जसको कारण बैंकहरुको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको हो । गत आवमा अधिकांश वाणिज्य बैंकको नाफा बढेको छ । यसको सकारात्मक प्रभाव प्रतिसेयर आम्दानीमा देखिएको हो ।
गत आवमा वाणिज्य बैंकको ईपीएस औसत १९ रुपैयाँ ४४ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकहरुको ईपीएस १४ रुपैयाँ २४ पैसामात्र रहेको थियो । गत आवको असारसम्म ४ वटा बैंकको ईपीएस घटेको छ भने बाँकी १६ बैंकको बढेको छ ।
गत आवमा सबैभन्दा धेरै ईपीएस भएको बैंक एभरेष्ट बैंक रहेको छ । यस बैंकको ईपीएस गत आवमा ३७ रुपैयाँ ९९ पैसा रहेको छ । बैंकको ईपीएस अघिल्लो आवको तुलनामा  ६ रुपैयाँ ५२ पैसाले बढेको हो । अघिल्लो आवमा यस बैंकको ईपीएस ३१ रुपैयाँ ४७ पैसा रहेको थियो ।
सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले ईपीएसलाई पनि आधार मानेर लगानी गर्ने गरेका हुन्छ । जसको कारण ईपीएसलाई महत्त्वपूर्ण सूचकको रूपमा लिने गरिन्छ । गत आवमा ईपीएस भएको बैंक एनआईसी एसिया बैंक रहेको छ ।
एनआईसी एसिया बैंकको ईपीएस गत आर्थिक वर्षमा १ रुपैयाँ ०८ पैसामात्र रहेको छ । यस बैंकको प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ३ रुपैयाँ ६२ पैसाले घटेको छ । अघिल्लो आर्थिक वर्षमा यस बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ७० पैसा रहेको थियो ।
ईपीएस सबैभन्दा कम हुने दोस्रो बैंक हिमालयन बैंक रहेको छ । गत आवसम्म यस बैंकको ईपीएस ६ रुपैयाँ ९८ पैसा रहेको छ । यस बैंकको प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १ रुपैयाँ २६ पैसाले बढेको छ । अघिल्लो आर्थिक वर्षमा यसको ईपीएस ५ रुपैयाँ ७२ पैसा रहेको थियो ।
बाँकी बैंकको ईपीएस तथ्यांकमा 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime