काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी माहसंघले जनाएको छ ।
महासंघका अनु्सार आज छापावाल सुन प्रतितोला १ लाख ९५ हजार
७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुकबार बजारमा छापावाल सुन प्रतितोला १ लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलमा ५रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार ३ सय १०रुपैयाँमा कारोबार भइरहेको छ। शुकबार प्रतितोला २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्