काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् ।
उनी दुई दिन नेपाल भ्रमणका लागि नेपाल आएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारी बारे छलफल गर्न विदेश सचिव मिश्री नेपाल आएको बुझिएको छ ।
प्रधानमन्त्री ओली भदौ ३१ मा भारत भ्रमणमा जाने तयारीमा रहेका छन् ।







प्रतिक्रिया दिनुहोस्