Skip to content

बैंकहरुको खराब कर्जा औसतमा ४.२१% , अधिकतम सवा ७ प्रतिशतसम्म पुग्यो

nabil bank
काठमाडौं । अझै पनि बैंकहरु फसेको कर्जा असुलीकाे चपेटामा छन् ।
सन्चालनमा रहेको वाणिज्य बैंकहरुले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्मको  वित्तीय विवरणले पनि त्यही देखाएको छ । अझैपनि वाणिज्य बैंकहरुको खराब कर्जा (एनपीएल) घटेको छैन, बढीरहेको छ ।
गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुको खराब कर्जा औसत ४.२१ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा ३.७३ प्रतिशत रहेको थियो । यो अवधिमा  बैंकहरुको खराब कर्जा औसतमा ०.४८ प्रतिशतले बढेको छ ।
गत आवको असार मसान्तसम्म ७ वटा बैंकको खराब कर्जा घटेको छ भने बाँकी बैंकको बढेको छ ।
६ प्रतिशत भन्दा बढी ३ बैंकको, ९ वटा बैंकको ४ प्रतिशत रहेको छ ।  बाँकी बैंकको ३ प्रतिशत भन्दा कम छ ।
यो अवधिमा सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकको रहेको छ । गत आवको असार मसान्तसम्म बैंकको खराब कर्जा ७.२८ प्रतिशत छ । अघिल्लो आवको तुलनामा २.३० प्रतिशतले बढेको छ । अघिल्लो आवमा  यस्तो कर्जा ४.९८ प्रतिशत थियो ।
यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा कुमारी बैंकको खराब कर्जा ०.४६ प्रतिशत बिन्दुले ब‍ढेर ६.४२ प्रतिशत पुगेको छ ।
यस्तै  एनआईसी एसिया बैंकको खराब कर्जा २.८३ प्रतिशत बिन्दुले बढेर ६.२८ प्रतिशत पुगेको छ । अघिल्लो आवमा बैंककाे खराब कर्जा ३.४५ प्रतिशत थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime