Skip to content

बैंकको नयाँ ब्याजदर आजदेखि लागू, कुनमा पैसा राख्दा कति पाइन्छ ब्याज ?

nabil bank

काठमाडौं । सञ्चालनमा रहेको २० वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर आजदेखि लागू भएको छ ।

सबै बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भदौ महिनाको लागि ८ वाणिज्य बैंकको ब्याजदर घटेको छ भने एक बैंकले बढाएको छ ।

बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार बाँकी ११ वाणिज्य बैंकको मुद्दती निक्षेपको ब्याजदर पुरानै कायम छ । साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औषतमा ५.६९ प्रतिशत ब्याज दिएका बैंकले भदौमा औषतमा ५.५७ प्रतिशत ब्याज दिने छन् ।

साउनमा संस्थागत मुद्दती निक्षेपमा ४.११ प्रतिशत रहेको बैंकहरुको ब्याजदर भदौमा ३.९६ प्रतिशत छ ।

साउन महिनाको तुलनामा भदौमा स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, एभरेस्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास र नेपाल एसबिआई बैंकले भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । साउन महिनाको तुलनामा भदौमा प्रभु बैंकले बताएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime