काठमाडौं । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब रुपैयाँभन्दा धेरै नाफा आर्जन गरेको छ । यस कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ८५ करोड ५२ लाख १५ रुपैयाँले बढेको हो ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १४ करोड ९३ लाख ७८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ४५ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा ५७२.५२ प्रतिशत बढेको हो।
गत आवमा यस कम्पनीको बिक्री आम्दानी बढेको छ । अघिल्लो आवको तुलनामा गत आवमा यस कम्पनीको बिक्री आम्दानी ४९.८७ प्रतिशत बढेर ९ अर्ब ५५ करोड ३ लाख ४८ रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस कम्पनीको बिक्री आम्दानी ६ अर्ब ३७ करोड २३ लाख ३९ हजार रुपैयाँ थियो । कम्पनीको बिक्री आम्दानीमा सुधार भएको कारण यसको नाफामा पनि सुधार देखिएको हो ।
गत आवमा यस कम्पनीले कुल नाफा २ अर्ब ६ करोड २३ लाख ८३ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल नाफा अघिल्लो आवको तुलनामा १७३.०१ प्रतिशत बढेको हो । यसैगरी, यस अवधिमा कम्पनीको अन्य आम्दानी २१८.०२ प्रतिशत बढेर १६ करोड १९ लाख ६९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आव यस कम्पनीको अन्य आम्दानी ५ करोड ९ लाख ३० हजार रुपैयाँ थियो ।
कम्पनीको कुल खर्च बढेको छ । यस कम्पनीको कुल खर्च अघिल्लो आवको तुलनामा ५४.३८ प्रतिशत बढेर ६१ करोड ४१ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आव यस्तो खर्च ६१ करोड ४१ लाख ८९ हजार रुपैयाँ थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १६ रुपैयाँ ९८ पैसा बढेर २० रुपैयाँ १९ पैसा पुगेको छ। अघिल्लो आवमा यस कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २१ पैसामात्र रहेको थियो । गत आवमा यस कम्पनीको प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ रहेको छ। कम्पनीको नेटवर्थ अघिल्लो आवमा १९८ रुपैयाँ ८३ पैसा रहेको थियो ।
गत आवसम्म यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ४ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्