Skip to content

सेयर बजारमा सामान्य करेक्सन

nabil bank

काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन देखिएको छ ।

कारोबारको सुरुदेखि नै आएको उतार चढाब अन्तिम समयसम्म कायमै रह्यो । सोमबार बजार मापन गर्ने सूचक ९.१६ अंकले बढेर परिसूचक २७७०.३९ बिन्दु् कायम भएको छ ।

कारोबारमा ३२० कम्पनीको १ करोड ५२ लाख ३९ हजार ८२१ कित्ता सेयर ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा ७४ कम्पनीको सेयर मूल्य घटेको छ भने १७५ कम्पनीको मूल्य बढेको छ । कारोबारमा अन्य समूहको उपसूचक घटेको छ भने बाँकी समूहको उपसूचक बढेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime